लुम्बिनी प्रदेश सभा बैठक सुरु
आइतबार, ०६ माघ २०८१, १४ : ०८

बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक आइतबारदेखि सुरु भएको छ ।
बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाएका छन् । त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने क्रम सुरु भएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी
-
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
-
राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
-
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी