औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल

सोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योललाई औपचारिक रूपमा पक्राउ गरिएको छ । आइतबार बिहान उनलाई औपचारिक रूपमा पक्राउ गरिएको हो । येओलले यतिबेला महाभियोगको सामना गरिरहेका छन् । केही दिनअघि सोलस्थित राष्ट्रपति निवासबाट उनलाई समातेर लगिएको थियो ।
यसअघि, अदालतले उनको औपचारिक गिरफ्तारीको लागि कानुन प्रवर्तन एजेन्सीको अनुरोध स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरेको थियो । बुधबार कानुन प्रवर्तन एजेन्सीका अधिकारीहरू राष्ट्रपति निवासभित्र भर्याङ लगाएर झ्यालबाट घरभित्र पसी येओललाई हिरासतमा लिएका थिए । डिसेम्बर ३ मा मार्सल ल लगाएको र देशलाई राजनीतिक संकटमा धकेलेको मामिला उनीमाथि देशद्रोहको अभियोग चलाइएको छ ।
यसअघि डिसेम्बर १६ मा दक्षिण कोरियाको एक अदालतले रिहाइको लागि येओलका वकिलहरूले दिएको याचिका खारेज गरेका थिए । डिसेम्बर १५ मा येओलसँग १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको थियो । त्यसपछि उनलाई सोल नजिकैको हिरासत केन्द्रमा पठाइएको थियो । सोधपुछको क्रममा उनी अधिकांश समय चुप थिए । उनीमाथिको अनुसन्धान आफैँमा गैरकानुनी भएको येओलका वकिलहरूको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु
-
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरिने
-
१० कक्षा पास गरेका ‘डाक्टर’ले गर्भपात गराएपछि...
-
यस्तो छ ‘कल्ली’ मा अर्पण थापाको लुक्स
-
सहानुभूति बटुल्न शिक्षक आन्दोलनमा लर्को
-
सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना