गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश

तेल अभिभ । हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम नगर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सेनालाई आदेश दिएका छन् ।
नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई युद्धविराम सुरु नगर्न भनेको उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुने भनिएको थियो । युद्ध विराम लागू गर्न जमिनमा प्राविधिक कारणले ढिलाइ भइरहेको बताइएको छ ।
गाजा युद्धविराम सम्झौताको पहिलो चरण अस्थायी युद्धविराम भएको र सम्झौता भङ्ग भयो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार भएको शनिवार राति नेतन्याहुले भनेका थिए । यसलाई अमेरिकाले पनि समर्थन गरेको भनिएको थियो ।
इजरायले हमासले रिहा गर्न लागेका बन्दीमध्ये अझै तीन बन्धकहरूको नाम पर्खिरहेको नेतान्याहुको कार्यालयले भनेको थियो । युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि रिहा हुन लागेका बन्दीहरूको नाम सार्वजनिक गर्नु पर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू