सैफलाई रक्ताम्मे छाडेर दिदीको घर गएकी थिइन् करिना ?

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि घरमै आक्रमण भएको मामिलामा एक पछि अर्को खुलासा भइरहेको छ । यसैबिच घटनाको समयमा सैफकी पत्नी करिना कपूर खान घरमै रहेको र घटनापछि आफ्नी दिदी करिश्माको घर गएको खुलासा भएको छ ।
रिपोर्टकाअनुसार करिना अस्पतालमा सैफलाई रक्ताम्य अवस्थामा छोडेर दिदी करिश्माको घर गएकी थिइन् । ।
अभियुक्त कान्छो छोरा जहाँगीरलाई मार्न अगाडि बढिरहेको देखेपछि उनलाई बचाउन सैफ बीचमा आएको करिनाले बताएको भन्दै सञ्चारमाध्यमहरूले खबर छापेका छन् । आत्मरक्षाका लागि तरबार लिन अभिनेता फर्कंदा अभियुक्तले उनीमाथि चक्कुले हानेको र उनी घाइते भएको पनि उनले बताइन् ।
करिनाका अनुसार आरोपीले घरबाट केही पनि चोरेका थिएनन् । तर उनी निकै क्रुद्ध देखिन्थे । रिपोर्टका अनुसार करिना पनि घाइते सैफसँगै अस्पताल गएकी थिइन् । घटनापछि उनी निकै डराएकी थिइन् । अस्पतालबाट उनी आफ्नी दिदीको घर गइन् । यो घटनापछि आफू धेरै डराएकी करिनाले आफ्नो बयानमा बताएकी थिइन् ।
यो घटनापछि करिश्मा कपूरले उनलाई खारस्थित आफ्नो घरमा लगेकी थिइन् । तर, बिहान करिना आफ्नो घरमुनि रहेका घरका सहयोगीहरूसँग कुरा गरिरहेको देखिएकी थिइन् । आक्रमणमा सैफको घाँटी र हातमा पनि गहिरो चोट लागेको करिनाले बताइन् । अभिनेताको अवस्थामा सुधारको संकेत देखिएको र उनलाई सामान्य वार्डमा सारिएको हालै गरिएको पत्रकार सम्मेलनमा उनका डाक्टरहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक