श्रीलंकासामु निरीह बन्यो आयोजक मलेसिया

काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा श्रीलंकाले आयोजक मलेसियालाई एक सय ३९ रनको विशाल अन्तरले पराजित गरेको छ । जारी विश्वकपमा यी दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।
समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.१ ओभरमै अलआउट हुनुअघि २३ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि दहामी सानेथमाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले ५५ रन बनाइन् । यस क्रममा उनले ५२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् ।
ओपनर संजना काविन्दीले पनि ३० रनको योगदान गरिन् । सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल १३ बलमा ६ चौका प्रहार गरिन् । हिरुनी हंसिकाले पनि टोलीको खातामा २८ रन थपिन् । उनले २१ बलमा चार चौका हिर्काइन् ।
मलेसियाकी बलर सिती नजवाहले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । २३ रनमा अलआउट भएको मलेसियाले सात रन त अतिरिक्त रुपमै पाएको थियो ।
ओपनर नुर आलिया बिनती हाइरुनले सर्वाधिक सात रन बनाइन् । मलेसियाका ६ ब्याटरले खातासम्म खोल्न सकेनन् । श्रीलंकाकी बलर चामोदी प्रबोदाले तीन विकेट लिइन् । मानुदी नानायाकरा र लिमान्सा थिलकारत्नाले दुई–दुई विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ