इन्धनको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा ७० को मृत्यु
आइतबार, ०६ माघ २०८१, ११ : ४४

नैरोबी । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
उत्तरी नाइजेरियामा शनिबार यो घटना घटेको हो । नाइजर राज्यमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा इन्धन पोखिएर विस्फोट भएको राष्ट्रिय आकस्मिक एजेन्सीले भनेको छ । अक्टोबरमा जिगावा राज्यमा यस्तै खालको घटनामा १४७ जनाको मृत्यु भएको थियो ।
खबरका अनुसार घटनास्थलबाट ७० भन्दा बढीको शव भेटिएको छ । अरू ५६ जना घाइते भएको बताइएको छ ।
विस्फोटमा परेर १५ वटा पसल पनि ध्वस्त भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले एउटा विज्ञप्तिमा भनेको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड