राष्ट्रपतिको पदभार पछि चीन जान चाहन्छन् ट्रम्प

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् । राष्ट्रपतिको रूपमा शपथ लिएपछिको आफ्नो पहिलो विदेश भ्रमणमा उनले चीनको भ्रमण गर्न सक्ने खबरहरू आएका छन् ।
ट्रम्पका नजिकका व्यक्तिहरूलाई उद्धृत गर्दै रोयटर्स लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस्तो समाचार छापेका छन् । सोमबार ट्रम्पको शपथ ग्रहण हुँदैछ । यसमा चीनबाट उप–राष्ट्रपति हान चेङ सहभागी हुने भन्दै चीनको सरकारी सञ्चार माध्यमहरूले शुक्रवार समाचार छापेका थिए ।
मिडिया रिपोर्टका अनुसार ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि चीनको भ्रमण गर्न चाहेको आफ्ना सल्लाहकारहरूलाई बताएका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले चीनबाट आउने सामानहरूमा भारी कर लगाउने धम्की दिएका थिए । चीन भ्रमण गर्ने उनको चाहनालाई अमेरिका र चीनबिचको सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा हेरिएको छ । यसैबिच ट्रम्प र सिले टेलिफोनमा कुराकानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास