इजरायल–हमास युद्धविराम सम्झौता एकाएक समस्यामा

तेल अभिभ । युद्धविरामको लागि दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध फेरि युद्ध सुरु गर्न आफू तयार रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।
इजरायल र हमासबीच जनवरी १९ देखि युद्धविराम सम्झौताको पहिलो चरण लागू हुँदैछ । तर यसको केही घण्टा अघि टेलिभिजनमा सम्बोधन गर्दै नेतान्याहूले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताए ।
यसको समर्थन अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले समेत गरेको उनको भनाइ छ । युद्धविराम सम्झौता पछि पनि इजरायलमा नेतन्याहूले धेरै तहबाट दबाबको सामना गरिरहेका छन् । यसमा सबै बन्धकहरूको रिहाइको माग गर्ने हजारौँ मानिसहरू पनि छन् ।
आफ्नो टेलिभिजन सम्बोधनमा नेतन्याहूले विगत १५ महिनामा इजरायलको सैन्य कारबाहीको सफलतालाई पनि प्रकाश पारेका थिए । यी आक्रमणमा हमास नेता याह्या सिनवार समेत समूहका शीर्ष अधिकारीहरूको हत्या भएको थियो । ‘हामीले मध्यपूर्वको अनुहार परिवर्तन गरिसकेका छौँ, हमास अब पूर्ण रूपमा एक्लो छ,’ उनले भने ।
इजरायल र हमास बीच स्थानीय समय अनुसार बिहान ८ः३० बजेदेखि युद्धविराम लागू हुँदैछ । शनिबारको भाषण अघि नेतान्याहूले रिहा गर्नुपर्ने बन्धकहरूको सूची हमासले नदिएसम्म इजरायलले सम्झौता लागू नगर्ने बताएका थिए । इजरायलले सम्झौताको उल्लङ्घन सहन नसक्ने उनको भनाइ थियो । हमासले रिहा गर्ने ३३ बन्धकहरूको लामो सूची इजरायली मिडियामा पहिले नै प्रकाशित भइसकेको छ ।
तर अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् । आफूले अहिलेसम्म आइतबार रिहा गर्ने तीन बन्धनका नाम नपाएको इजरायली अधिकारीको भनाई थियो । यसैबिच, इजरायलले गाजामा रहेको हमास र इस्लामिक जिहादका अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । बुधबार सम्झौताको घोषणा भइसकेपछि भएका आक्रमणमा १२० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’