जुलाइसम्मको विद्यार्थी भिसाका लागि अमेरिकी दूतावासले तोक्यो ‘अपोइन्टमेन्ट डेट’
आइतबार, ०६ माघ २०८१, १० : २४

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले आगामी जुलाईसम्मका लागि विद्यार्थी भिसाको अपोइन्टमेन्ट डेट सार्वजनिक गरेको छ ।
आइतबार दूतावासले जुलाइ महिनासम्मका लागि चार वटा स्लटसहितको मिति तोकेको हो । जसअनुसार अप्रिलको भिसाका लागि जनावरी २२ मा, मेईका लागि मार्च १३, जुनका लागि अप्रिल १७ र जुलाइका लागि मेई १५ को अपोइन्टमेन्ट डेट खुला गरिएको छ । त्यसका लागि बिहान ८ बजेदेखि अनलाइनमार्फत डेट फिक्स गर्न सकिनेछ ।
गत वर्षदेखि दूतावासले भिसाको लागि डेटमा सहजताका लागि भन्दै ‘अपोइन्टमेन्ट डेट’ को स्लट छुट्याउँदै आएको छ । अझैपनि कतिपयले भिसाका लागि डेट पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू