भीम रावलतिर लागेपछि एमालेका पूर्वमन्त्री सुवेदी बुवाछोरा निष्कासित

धनगढी । नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।
एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो । पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिए ।
सुवेदी बाबुछोरा कारबाहीमा परेका तथा मातृभूमि जागरण नेपाल अभियानमा रहेका भीम रावलको गतिविधिमा संलग्न भएको पुष्टि भएपछि कारबाही गरिएको चौधरीको भनाइ छ ।
यसैबिच माघ ४ गते भीम रावल धनगढी विमान स्थल आवरणरत गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजीप्रति पनि पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने
-
विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
-
शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?
-
११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने
-
क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको तयारी : कप्तान पौडेलसहित ऐरीको टोलीबिच आन्तरिक प्रतियोगिता
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान