सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी पक्राउ
आइतबार, ०६ माघ २०८१, ०९ : ५७

नयाँदिल्ली । मुम्बई पुलिसले बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ। बिहीबार खानमाथि उनकै बान्द्रस्थित निवासमा चक्कु प्रहार भएको थियो ।
आरोपीलाई आइतबार बिहान ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । मुम्बई प्रहरीले यो घटना मोहम्मद आलियान उर्फ बीजेले गराएको दाबी गरेको छ। पक्राउ पर्ने डरले, आरोपीले पहिले आफूलाई विजय दासको रूपमा चिनाएका थिए।
बिहान ३:३० बजे आरोपीलाई सोधपुछको लागि बान्द्रा प्रहरी चौकीमा लगिएको थियो भने आइतबार नै अभियुक्तलाई अदालतमा पेस गरिनेछ ।
यसैबिच प्रहरीले पत्रकार सम्मेलनमार्फत खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने जनाएको छ ।