प्रतिबन्धअघि अमेरिकामा बन्द भयो टिकटक, ट्रम्पको भनाइले राहत
वासिङ्टन डिसी । औपचारिक रूपमा प्रतिबन्ध हुनुभन्दा दुई घण्टा अघि शनिबार रातिदेखि अमेरिकामा टिकटक बन्द भएको छ ।
प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले सन्देश पाएका थिए । जसमा लेखिएको थियो, ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन । टिकटकलाई प्रतिबन्ध गर्ने कानुन अमेरिकामा लागु भएको छ । दुर्भाग्यवश, यसको अर्थ तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुँदैन ।’
यता, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् । डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई यस विषयमा सोमबार पदभार ग्रहण गरेपछि घोषणा गरिने बताएका हुन्।
‘९० दिनको छूट सबैभन्दा सम्भावित विकल्प हो किनभने यो अर्थपूर्ण छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ’ ट्रम्पले एनबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा भने।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको थियो। टिकटकलाई यस प्रतिबन्धबाट बचाउन यसको मूल कम्पनी बाइटडान्सले यसलाई बेच्नु पर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका १० सहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’
-
सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक
-
निर्माण उद्योगको समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ
-
सात दिनभित्र विद्यार्थी नेताहरूको व्यवस्थापनसम्बन्धी सुझाव पेस गर्न माओवादीको निर्देशन
-
भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी
-
टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु