सैफ अली खानमाथि चक्कु प्रहार गर्ने अभियुक्त बंगलादेशी नागरिक !
आइतबार, ०६ माघ २०८१, ०९ : ५०

नयाँदिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने प्रहरीले जनाएको छ । खानमाथि उनको बान्द्रास्थित निवासमा एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका थिए ।
खानमाथि भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त बंगलादेशी नागरिक भएको हुनसक्ने बताएको हो।
डिसीपी गेडाम दीक्षितले पत्रकार सम्मेलनमा भने, ‘आरोपित बंगलादेशी भएको आशंका गरिएको छ र उनीसँग भारतीय कागजातहरू छैनन्।’
बिहीबार बिहान सैफ अली खानमाथि उनको बान्द्रास्थित निवासमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो। यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न आगलागी हुँदा प्रयोग गरिने भवनको भर्याङ प्रयोग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
-
अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?