खेलकुद
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
आइतबार, ०६ माघ २०८१, ०८ : २३

काठमाडौँ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपको फाइनल खेल आज हुँदै छ । पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । त्यसलगत्तै राति ८:१५ बजे पुरुषतर्फको फाइनल सुरु हुनेछ ।
पहिलोपटक भएको विश्वकपमा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेको हो ।
महिलातर्फ नेपाल समूह 'सी'बाट अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा इरानलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई पराजित गरेको थियो।
यसैगरी पुरुषतर्फ नेपाल समूह 'ए' को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । क्वाटरफाइनलमा नेपालले बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद