क्रिकेटबाट सन्न्यास लिने सन्दीपको सङ्केत
आइतबार, ०६ माघ २०८१, ०७ : ३९
१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, 'धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।'
हालै सम्पन्न नेपाल प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानमा एक यात्रीको मृत्यु, शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?
-
शिव मन्दिर जाँदै गरेका यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्यो
-
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
-
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
-
खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को शुभमूहूर्त