बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा आर्सनललाई घाटा

आइतबार, ०६ माघ २०८१, ०१ : ५०
आइतबार, ०६ माघ २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनललाई घाटा लागेको छ । शनिबार राती भएको खेलमा एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएसँगै आर्सनललाई घाटा लागेको हो । 

घरेलु मैदानमा आर्सनलले स्पष्ट जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंकदुरी कम गर्ने योननामा समेत धक्का पुगेको छ । एस्टन भिल्लाले अंक खोसेसँगै शीर्ष स्थानको लिभरपुलसँग आर्सनलको दुरी ६ अंकले टाढिएको छ । शीर्ष स्थानको लिभरपुलको ५० अंक पुग्दा आर्सनलको ४४ अंक छ । 

घरेलु मैदानमा आर्सनलका लागि मिकेल आर्टेटा र काई हावर्ट्जले गोल गरे । भिल्लाकातर्फबाट यूरी लाइलेमेन्स र ओली वाटकिन्सले बराबरी गोल फर्काए । ८८औं मिनेटमा हावर्ट्जले गरेको प्रहारलाई भीएआरले विफल गरिदिएपछि आर्सनल अंक बाँड्न बाध्य भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप