राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माघ ११ र १२ गते काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक डाकिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउने छन् ।
पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यसूची छ । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन समेत बैठकमा प्रस्तुत गरिने तालिका रहेको नेता श्रेष्ठले बताए ।
वडा तहबाट सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने समेत नेता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माकलबारी घटना : सापटी फिर्ता माग्न जाँदा ६ जना मिलेर हत्या
-
सीजी इलेक्ट्रोनिक्सद्वारा 'सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१' सम्पन्न
-
४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर
-
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
-
आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित
-
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब