आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म

आइतबार, ०६ माघ २०८१, ०० : १२
आइतबार, ०६ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. पूर्व मुख्यमन्त्री थापामाथि हातपात
कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात भएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर–१ मा हातपात भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए । 

२. समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अधिवेशन फागुन २१ गते दाङको घोराहीमा हुने भएको छ । लुम्बिनी प्रदेश समितिको बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति तय गरेको हो । पार्टीका उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । 

३. ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
६ महिनाको अवधिमा ३ लाख ९३ हजार नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् । 

४. सेयरमा ‘रिस्क’
साना तथा मझौला कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि छुट्टै नियमावली आएको छ । मन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जनाएको छ । 

५. के हो बाथ रोग ? 
शरीरमा विभिन्न प्रकारका रोगले समय–समयमा आक्रमण गर्छन् । यिनैमध्ये एक हो– बाथ रोग । बाथ विशेषतः हाडजोर्नी दुखाइसँग सम्बन्धित रोग भनेर बुझिन्छ । तर यो रोग शरीरका विभिन्न अङ्गमा पनि हुनसक्ने चिकित्सक बताउँछन् । बाथ रोगका सन्दर्भमा नेशनल बाथ रोग सेन्टरकी बाथ रोग विशेषज्ञ डा। श्वेता नकर्मीसँग कुराकानी गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

६. दिव्या कोइरालाको संघर्षको कथा
रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको सातौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । सातौँ एपिसोड महिलाको हक, हितका निम्ति राणाशासकलाई उत्प्रेरित गर्ने र ‘महिला समिति’ गठन गराई त्यसको सचिव समेत भई काम गर्ने प्रथम नेपाली महिला दिव्या कोइरालाका सम्बन्धमा छ ।

७. कविता बहस
समकालीन नेपाली कविता कस्ता छन् रु सानो आलेखमा यस प्रश्नको उत्तर दिन सजिलो छैन । यस विषयमा बाक्लै चर्चा–परिचर्चा भएका छन् । धेरै लेखिएको र विभिन्न प्रवृत्ति भएका कारण यसले विस्तृत चर्चाको अपेक्षा गर्छ । कतिले सजिलैसँग समकालीन नेपाली कविता कमजोर छन्, यिनले आफ्नो निजता र विशिष्टता स्थापित गर्न सकेका छैनन् भन्छन्, कतिले प्रंशसा गर्छन् ।

८. आईसीसी यू–१९ महिला टी–२० विश्वकप
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३।२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

९. प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशमाथि शानदार जित हात पारेको छ । समूह ए अन्तरगतको खेलमा एपीएफ ५९ रनले विजयी बनेको हो । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नाटकीय पतनपछि कर्णाली प्रदेश लुम्बिनी प्रदेशसँग ७१ रनले पराजित हुन पुगेको छ । शनिबार भएको खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रन बनाउँदे अलआउट हुन पुगेको हो ।

१० . देउवा र ओलीबिच ‘डीप लभ’
समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर यसपटक सुदर्शन आचार्य र एमालेका युवा नेता निरज आचार्यसँग संयुक्त कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीहरूसँग गरेको कुराकानीको सम्पादित अंश–

११. स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई 
 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको जानकारी दिएका छन् ।

१२. फोटोफिचर
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शनिबार नेपालस्थित भक्तपुर दरबार स्क्वायरमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्। ललितपुरमा शनिबार केनल क्लब नेपालद्वारा तेस्रो अल ब्रिड च्याम्पियनसिप तथा डग सो आयोजना गरिएको छ । 

श्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप