नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
बुटवल । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अधिवेशन फागुन २१ गते दाङको घोराहीमा हुने भएको छ । लुम्बिनी प्रदेश समितिको आज बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति तय गरेको हो ।
पार्टीका उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकलाई सम्बोधन गर्दै उपमहासचिव चौधरीले नेकपा एकीकृत समाजवादी कम्युनिस्ट विचार र आदर्शबाट अगाडि बढेको बताउँदै देशभर सङ्गठन चुस्त बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले केपी ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गर्दा आफूहरूकै कारण संसद् र संविधान बचेको बताए । उनले आफूहरूले १० औँ महाधिवेशनले पारित गरेको कार्यक्रम अनुसार एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जुटेको बताए । नेकपा एस लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज समेत रहेका चौधरीले कोही पनि भ्रममा नपरी समाजवादी कार्यदिशा बोकेर गाउँ गाउँमा खटिन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।
अधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्ने निर्णय गरेको पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । उनले महाधिवेशनले संविधानमा लेखिए अनुसार नेपालमै पहिलो पटक नेपाली विशेषता सहितको समाजवादमा पुग्ने कार्यक्रम ल्याउन सफल भएको बताए ।
नेपालका कम्युनिस्ट पार्टीहरूमध्ये समाजवादी पार्टीले नै पहिलो पटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशा सहितको कार्यक्रम ल्याएको उनले दाबी गरे । बैठकले १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशन तथा उपनिर्वाचनको विषयमा समीक्षा गरिएको पार्टीका लुम्बिनी प्रदेश सचिव अशोक कोइरालाले जानकारी दिए ।
बैठकमा नेकपा एस लुम्बिनी प्रदेशका सह–इन्चार्जहरू अब्दुल हुसेन खाँ, रमा घर्ती, नन्द बन्जाडे, केन्द्रीय सदस्यहरू सिद्धिचरण भट्टराई, पीताम्बर सारू, भिउमान घर्ती, यादवबहादुर रायमाझी, प्रमेश हमाल, उमा काफ्ले, लक्ष्मी भुसाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म