गाजामा युद्धविराम लागू हुनुभन्दा पहिले अल कुद्सद्वारा चेतावनी जारी
शनिबार, ०५ माघ २०८१, २१ : ०७

एजेन्सी । प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र समूह अल कुद्सले युद्धविराम लागू हुनुभन्दा अघि गाजामा थप आक्रमण नगर्न इजरायललाई चेतावनी दिएको छ।
अल कुद्सले निरन्तर बम विष्फोटले थप बन्धकहरूको मृत्यु हुने र इजरायलले बन्धक बनाइएकाहरूको परिवारको हितका लागि आक्रमणहरू रोक्नुपर्ने बताएको हो।
अक्टोबर ७, २०२३ मा इजरायलमा भएका आक्रमणहरूमा अल(द्स लडाकुहरूले पनि भाग लिएको बताइँदै आएको छ ।
गाजामा इजरायल र हमासबीच युद्धविराम सम्झौता घोषणा भए पनि गाजामा आक्रमण जारी छ। युद्धविराम सम्झौता लागू भने आइतबार बिहान ८– ३० बजेदेखि हुनेछ।
हमासको नागरिक रक्षा एजेन्सीले युद्धविराम सम्झौता पछि इजरायली आक्रमणमा हालसम्म १२२ जनाको मृत्यु भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रजनीमिलाका तीन कविता
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड