एक सातामा सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो, चाँदीको पनि उकालो लाग्यो

काठमाडौँ । एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता एक साताको अवधिमा सो मूल्य वृद्धि भएको हो ।
जसअनुसार पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । तर, पुस ४ गते अर्थात यो साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो । महासंघले शनिबारको लागि भने मूल्य कायम गर्ने गरेको छैन ।
महासंघको वेबसाइटमा उल्लेख भएअनुसार पुस २८ गते सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ थियो । त्यसको भोलिपल्ट सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भयो ।
यसैगरी माघ १ गते घटेर तोलामा १ लाख ५५ हजार रुपैयाँ कायम हुँदा २ गते १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भयो भने ३ गते १ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । यस्तै शुक्रबार भने थप बढेर १ लाख ५७ हजार ९०० पुगेको हो । यसरी हेर्दा सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन झण्डै १ लाख ५८ हजार नजिक पुगेको देखिन्छ ।
यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ। पुस २६ गते तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी २८ र २९ गते १ हजार ८६०, माघ १ गते १ हजार ८२०, २ गते १ हजार ८३०, ३ गते १ हजार ८८० र ४ गते १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी