आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म

शनिबार, ०५ माघ २०८१, २२ : ००
शनिबार, ०५ माघ २०८१

काठमाडौँ । आज मिति २०८१ साल माघ महिनाको ५ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • सेयरमा ‘रिस्क’

साना तथा मझौला कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि छुट्टै नियमावली आएको छ । मन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ । 

  • के हो बाथ रोग ?

शरीरमा विभिन्न प्रकारका रोगले समय–समयमा आक्रमण गर्छन् । यिनैमध्ये एक हो– बाथ रोग । बाथ विशेषतः हाडजोर्नी दुखाइसँग सम्बन्धित रोग भनेर बुझिन्छ । तर यो रोग शरीरका विभिन्न अङ्गमा पनि हुनसक्ने चिकित्सक बताउँछन् । बाथ रोगका सन्दर्भमा नेशनल बाथ रोग सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग कुराकानी गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • दिव्या कोइरालाको संघर्षको कथा

रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको सातौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । सातौँ एपिसोड महिलाको हक, हितका निम्ति राणाशासकलाई उत्प्रेरित गर्ने र ‘महिला समिति’ गठन गराई त्यसको सचिव समेत भई काम गर्ने प्रथम नेपाली महिला दिव्या कोइरालाका सम्बन्धमा छ ।

  • कविता बहस

समकालीन नेपाली कविता कस्ता छन् ? सानो आलेखमा यस प्रश्नको उत्तर दिन सजिलो छैन । यस विषयमा बाक्लै चर्चा–परिचर्चा भएका छन् । धेरै लेखिएको र विभिन्न प्रवृत्ति भएका कारण यसले विस्तृत चर्चाको अपेक्षा गर्छ । कतिले सजिलैसँग समकालीन नेपाली कविता कमजोर छन्, यिनले आफ्नो निजता र विशिष्टता स्थापित गर्न सकेका छैनन् भन्छन्, कतिले प्रंशसा गर्छन् ।

  • आईसीसी यू–१९ महिला टी–२० विश्वकप

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशमाथि शानदार जित हात पारेको छ । समूह ए अन्तरगतको खेलमा एपीएफ ५९ रनले विजयी बनेको हो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नाटकीय पतनपछि कर्णाली प्रदेश लुम्बिनी प्रदेशसँग ७१ रनले पराजित हुन पुगेको छ । शनिबार भएको खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रन बनाउँदे अलआउट हुन पुगेको हो ।

  • देउवा र ओलीबिच ‘डीप लभ’

समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर यसपटक सुदर्शन आचार्य र एमालेका युवा नेता निरज आचार्यसँग संयुक्त कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीहरूसँग गरेको कुराकानीको सम्पादित अंश–

  • स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई 

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको जानकारी दिएका छन् ।

  • फोटोफिचर

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शनिबार नेपालस्थित भक्तपुर दरबार स्क्वायरमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्। 

ललितपुरमा शनिबार केनल क्लब नेपालद्वारा तेस्रो अल ब्रिड च्याम्पियनसिप तथा डग सो आयोजना गरिएको छ । 

 विश्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । 

नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण भृकुटीमण्डपमा चलिरहेको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्रान्डहरू प्रदर्शनीमा राखिएका छन् ।

  • रातोपाटी साताको कविता

बिना थिङका तीन कविता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप