प्रचण्डप्रति एमाले महासचिवको कटाक्ष : घुर्की त लगाउनै पर्यो क्यारे !
_wsSS02k70n.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई घुर्की लगाइरहेको भन्दै कटाक्ष गरेका छन् । पोखरेलले प्रचण्डले हिउँदे अधिवेशनको माग गरे पनि उनी प्रधानमन्त्री हुँदाचाहिँ माघको अन्तिम सातामा अधिवेशन बोलाइएको बताएका छन् ।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ’, उनले शनिवार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
प्रचण्डले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाएको पोखरेलको टिप्पणी छ । ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’, उनको कटाक्ष छ ।
माओवादीसहितका विपक्षी दलले हिउँदे अधिवेशनको माग गर्दै सत्ताको नेतृत्व गरेको दलका महासचिवबाट यस्तो धारणा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो