विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
शनिबार, ०५ माघ २०८१, १८ : १६

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको तर्क गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन्।
बुढी गण्डकी सरकारले उच्च महत्त्व दिएका जल विद्युत् आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि १ अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना अगाडि सारिएको छ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले विस्तृत अध्ययनपछि मात्र यो विषय टुङ्गो लगाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू