मोहन बस्नेत ‘हप्ते सीआईडी’ : सरल सहयात्री

सिन्धुपाल्चोक । बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पूर्व सूचना सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई हप्ते सीआईडी भनेर कटाक्ष गरेका छन् । आज भएको नेकपा (माओवादी केन्द्र) बाह्रबिसे नगरपालिकाको तेस्रो नगर सम्मेलन उद्घाटन लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
केही समय अगाडी बस्नेतले आफूलाई सिन्धुपाल्चोकको सरकार भनेर स्वघोषणा गर्दै सरल सहयात्री पहिला कुल्ली थिए भन्दै एक कार्यक्रममा उडाएका थिए । सभामा सहयात्रीले भने, ‘पञ्चायती प्रहरीको हप्ते सीआईडी बनेर त्यति बेलाका कांग्रेस नेता कार्यकर्तालाई पक्राउने र टेरामक्स घोटाला जस्तो देशघाती भ्रष्ट हुनुभन्दा श्रमजीवी कुल्ली हुनु महान् कुरा हो ।’
सभामा प्रमुख अतिथिको रूपमा पूर्व सभामुख अग्नि सापकोटा संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश पूर्व भौतिक योजना मन्त्री युवराज दुलाल लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘म्याराडोना सर्वकालीन महान् फुटबलर हुन्’
-
१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
-
ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
-
संशोधनकर्ता दोङ छलफलमा अनुपस्थित
-
रामेछाप लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते