शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

आठ बलमा ५ विकेट गुमाएपछि लुम्बिनीसँग हार्‍यो कर्णाली

शनिबार, ०५ माघ २०८१, १६ : २८
शनिबार, ०५ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नाटकीय पतकपछि कर्णाली प्रदेश लुम्बिनी प्रदेशसँग ७१ रनले पराजित हुन पुगेको छ । शनिबार भएको खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रन बनाउँदे अलआउट हुन पुगेको हो ।

कर्णालीले अन्तिम ५ विकेट ८ बलको अन्तरमा गुमाएको थियो । जसमा सरस्वती पुनको १३ औँ ओभरमा ४ विकेट खसेको थियो । कर्णालीका लागि ओपनर रमा बुढाथोकीले २० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि सरस्वती पुनले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिइन् । मनिषा राना, अश्ना चौधरी र मधु डिसीले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर रञ्जु श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५९ बलमा ५१ रन जोड्दै २ चौका प्रहार गरिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि अञ्जु गुरुङले चार ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिइन् । रमा बुढाथोकीले २ तथा दीक्षा पुरी र रश्मी खड्काले १–१ विकेट लिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप