छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, चितवन लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ थुमपाखरस्थित सडकमा मधेस प्र.०३. ००२ ख ०५३४ नम्बरको ट्रकले बा.प्र.०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र ०२–०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रवार दिउँसो ठक्कर दिँदा बा.प्र.०२–०३३
प.७३०६ नम्बरको मोटरसाइकलका चालक लिसंखुपार गाउँपालिका–७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना सिन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–६ जरबुट्टास्थित सडकमा बेनीबाट जरबुट्टातर्फ जाँदै गरेको ग.१ ज ५९९१ नम्बरको बोलेरो जिप गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा
सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ सभापतिचोकस्थित सडकमा दिल्लीदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय मानबहादुर सुनारको शुक्रवार बेलुकी मृत्यु भएको छ
। ठक्करबाट गम्भीर घाइते भएका उनको जिवनसिटी अस्पताल हुँदै नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका५ चाँदनी चोकस्थित सडकमा बा.१५ च ९१४ नम्बरको स्कार्पियोले ना.३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका–१२ नवलपुर बस्ने २१ वर्षीया प्रिति ग्रन्जा मगरको मृत्यु भएको छ । शुक्रवार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन हुँदै ग्राण्डी अस्पताल काठमाडौँमा थप उपचारको क्रममा शनिवार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर
चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु. १४ प ८४३९ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा स्कुटरमा सवार भारत पश्चिम चम्पारण बिहार घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने १८ वर्षीय रन्जितकुमार दास र २५ वर्षीय किसानकुमार दासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रन्जित कुमार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो भने किसान कुमारको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका(२ मनकामना मन्दिरस्थित सडकमा प्रदेश ३–०२–०१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका–५ कृषिस्थित सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग.१ क ५१३९ नम्बरको टिपर शुक्रवार राति दुर्घटना हुँदा चालक पर्वत कुश्मा नगरपालिका–१४ बस्ने ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बाँकेका राप्ती सोनारी गाउँपालिका(२ टिक्लीपुरको ओरालोस्थित सडकमा हरिहरपुरबाट टिक्लीपुरतर्फ जाँदै गरेको भे.१२ प २६२० नम्बरको मोटरसाइकल शनिवार बिहान दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका–८ धरमोती बस्ने २९ वर्षीय सुरज थारू र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ राजपुर बस्ने ४० वर्षीया सिताकुमारी थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङहोम नेपालगन्ज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारी खेती
-
मधेस प्रदेश सरकारद्वारा सहिद परिवारका सदस्यहरूलाई सम्मान
-
विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
-
तस्बिरमा हेर्नुहोस् नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी
-
‘नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ’
-
भक्तपुरमा मनाइयो चिनियाँ नयाँ वर्ष, तस्बिरहरू