रोहितको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा
मुम्बई । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार इङ्ल्यान्डविरुद्धको एक दिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले १५ सदस्यीय भारतीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । चोटका कारण शमी नोभेम्बर २०२३ देखि टोलीबाट बाहिर थिए । एकदिवसीय विश्वकप–२०२३ खेलेका ११ खेलाडीले टोलीमा मौका पाएका छन् । जसमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, जसप्रित बुमराह, मोहम्मद शामी र कुलदीप यादवको नाम समावेश छ।
विश्वकप टोलीमा परेका सूर्यकुमार यादव, इशान किशन, शार्दुल ठाकुर र मोहम्मद सिराज बाहिरिएका छन् । यसपटक चार नयाँ अनुहार ऋषभ पन्त, यशस्वी जैसवाल, वासिङ्टन सुन्दर र अर्शदीप सिंहलाई समावेश गरिएको छ । च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र युएईका ४ सहरमा आयोजना हुनेछ । जसमा लाहोर, कराँची, रावलपिंडी र दुबई पर्छन्। भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् ।
भारतीय टोलीले च्याम्पियन्स ट्रफीमा आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्नेछ। यो खेल फेब्रुअरी २० मा दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ । टोलीले दोस्रो खेल २३ फेब्रुअरीमा पाकिस्तानसँग र तेस्रो खेल २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ । समूह ए मा भारतसँगै पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् । प्रतियोगिताको दुई सेमिफाइनल मार्च ४ र ५ मा हुनेछ । जबकि फाइनल मार्च ९ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कविता आफैँमा एउटा विचार पनि हो’
-
भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको गिफ्ट भौचर
-
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदैछ : मन्त्री पौडेल
-
दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारी खेती
-
मधेस प्रदेश सरकारद्वारा सहिद परिवारका सदस्यहरूलाई सम्मान
-
विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे