इन्स्टाग्रामका लागि भन्दै झुक्क्याएर बिहे गरेपछि...
मेलबर्न । अस्ट्रेलियामा एक महिला आफ्नो विवाह रद्द गर्न माग गर्दै अदालतमा पुगेको घटना बाहिरिएको छ । इन्स्टाग्रामका लागि भन्दै आफ्नो पार्टनरले झुक्क्याएर साँचो विवाह गराएको उनको आरोप छ ।
अदालतले महिलाको नाम भने गोप्य राखेको छ । उनले न्यायाधीशसामु आफूले ‘पति’लाई सन् २०२३ को सेप्टेम्बरमा डेटिङ एपमार्फत भेटेको बताएकी छन् । त्यसपछि दुवै जना मेलबर्नमा नियमित रूपमा भेटघाट गर्न थालेका थिए ।
यसैबिच सोही वर्षको डिसेम्बरमा उनलाई सिड्नीमा आयोजित ‘ह्वाइट पार्टी’ मा निमन्त्रण गरियो । उनलाई पार्टीमा सेतो लुगा लगाएर आउन भनियो । ती महिलाले प्रस्ताव स्वीकार पनि गरिन् । जब उनी पार्टीस्थलमा पुगिन्, त्यहाँ उनले आफ्नो पार्टनरलाई फोटोग्राफर, फोटोग्राफरको साथी र विवाह गर्ने अधिकारी देखिन् ।
त्यसपछि उनको पार्टनरले उनलाई आफ्नो सामाजिक सञ्जाल इन्सटाग्रामको फलोअर्स बढाउन नक्कली विवाह गर्न लागेको र उनलाई बेहुलीको भूमिका निभाउन आग्रह गरे । ‘इन्सटाग्रामको फलोअर्स बढाएर मनिटाइज गर्ने उनले आफ्नो योजना सुनाए,’ ती महिलाले अदालतमा भनेकी छन् ।
सुरुमा महिलालाई शङ्का लागे पनि केही नहुने आश्वासन पाएपछि उनले नक्कली विवाह गर्न राजी भइन् । उनलाई विवाह गर्न पहिले दस्ताबेजमा हस्ताक्षर गर्नुपर्ने र उनले कुनै पनि हस्ताक्षर नगरेको कारण केही नहुने भनिएको थियो । अदालतमा करिब २४–२५ वर्षकी ती महिलाको विवाहको भिडियो पनि देखाइएको थियो । जसमा उनी खुसीसाथ सबै प्रक्रियामा सामेल भएको देखिन्छ । तर, यो सबै आफ्नो पार्टनरको इन्सटाग्रामको लागि सक्कली दुलही देखिन गरेको उनको दाबी छ ।
‘नक्कली’ विवाहको दुई महिनापछि ती महिलाका पार्टनरले उनलाई अस्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्सीका लागि उनको डिपेन्डेन्टमा नाम थप्न आग्रह गरे । यसले उनलाई पीआर पाउन सजिलो हुने ती पार्टनरको भनाई थियो । दुवै जना अस्ट्रेलियामा बाहिरबाट आएका थिए ।
उनको आग्रहमा महिलाले आफूले विवाह नगरेका कारण यो सम्भव नहुने बताइन् । त्यतिबेला मात्र ती पार्टनरले उनलाई नक्कली भनिएको विवाह सक्कली भएको खुलासा गरेको महिलाको भनाई छ । उनले विवाह अघि नै महिलाको नक्कली हस्ताक्षर लिएर विवाहको लागि दर्तासमेत गराएको महिलाले बताइन् ।
यता, उनको पार्टनर भनिएका ३० वर्षीय पुरुषले भने आफूले विवाहको अघिल्लो दिन ती महिलालाई प्रपोज गरेको र उनले विवाहका लागि स्वीकार गरेपछि सिड्नीमा विवाह गरेको बताएका छन् । दुई जनाको भेटपछि दुवैसँगै बस्न थालेको पनि ती पुरुषले दाबी गरेका छन् ।
यद्यपि, अदालतमा भने दुवै जना फरक–फरक ठाउँमा बस्दै आएको दस्ताबेज पेस गरिएको थियो । त्यसमाथि किन उनीहरू बस्दै आएको मेलबर्नको साटो सिड्नीमा विवाह गरियो रु किन उनीहरूको परिवार उपस्थित थिएनन् रु जस्ता प्रश्नको उत्तर नभएपछि मेलबर्नको फ्यामिली कोर्टले सो विवाह रद्द गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ’
-
भक्तपुरमा मनाइयो चिनियाँ नयाँ वर्ष, तस्बिरहरू
-
प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा मुख्य आरोपी सञ्जय रोय दोषी ठहर
-
इरानमा दुई न्यायाधीशको गोली हानी हत्या
-
ललितपुरमा कुकुरहरूको प्रतिस्पर्धा, तस्बिरहरू
-
मोहन बस्नेत ‘हप्ते सीआईडी’ : सरल सहयात्री