शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

महेन्द्र राजमार्ग र मदनभण्डारी राजमार्गका सडकमा बिस्कुन सुकाए कारबाही

शनिबार, ०५ माघ २०८१, १२ : ३४
शनिबार, ०५ माघ २०८१

काठमाडौँ । सडक डिभिजन दाङले राष्ट्रिय राजमार्गअन्तर्गतका सडक क्षेत्रमा बिस्कुन सुकाउने, विज्ञापन बोर्ड राख्ने, सवारी पार्किङ, गाडी धुनेलगायतका कार्य नगर्न अनुरोध गरेको छ ।

डिभिजनले शुक्रबार सूचना जारी गर्दै डिभिजनको कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्गअन्तर्गत धानखोला–शिवखोला सडक खण्ड, मदनभण्डारी राजमार्गअन्तर्गत  सीतलपाटी –खलङ्गा बालुवासंग्रही लगायतका सडकमा यस्तो कार्य नगर्न आग्रह गरेको छ । 

साथै यस्तो कार्य गरेको पाइएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही हुनेसमेत सूचनामा उल्लेख छ । 

notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप