बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म ‘इमर्जेन्सी’ अन्ततः जनवरी १७ मा सिनेमाघरहरूमा रिलिज भयो। फिल्मले सन् १९७५ को राजनीतिक उथलपुथललाई चित्रण गरेको छ, जब भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा संकटकाल लगाएकी थिइन् ।
यसैबिच ‘इमर्जेन्सी’ को पहिलो दिनको आम्दानीको तथ्यांक सार्वजनिक भएको छ । फिल्मले पहिलो दिन सोचेभन्दा निकै कम कलेक्सन गरेको छ । साकनिल्कको प्रारम्भिक ट्रेड रिपोर्ट अनुसार, कंगना रनौतको फिल्मले प्रदर्शनको पहिलो दिन (शुक्रबार) २.३५ करोड भारु मात्र कमाएको छ। तर, आधिकारिक तथ्यांक आउन बाँकी छ ।
कंगनाको करियरमा ‘इमर्जेन्सी’ महत्वपूर्ण फिल्म हो । किनभने यो फिल्ममा अभिनय बाहेक, कंगनाले निर्देशन पनि गरेकी छिन्। तर विवादमा फसेका कारण फिल्मको रिलिज मिति पटकपटक सारिएको थियो ।
अहिले सबै चुनौती पार गर्दै हलमा रिलिज भएको चलचित्रले दर्शकको मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको सुस्त कमाइले निराश बनाएको छ । तर, सप्ताहान्तमा फिल्मको कमाइमा उछाल आउने अपेक्षा गरिएको छ ।
शनिबार–आइतबार दर्शकलाई हलमा तान्न कंगनाको फिल्म कति सफल हुन्छ कि हुँदैन भन्नेमा सबैको नजर छ । यसअघि कंगना फिल्म ‘तेजस’मा देखिएकी थिइन्, जसले बक्स अफिसमा १.२५ करोडको ओपनिङ गरेको थियो । यो फिल्म बक्स अफिसमा फ्लप भयो ।
फिल्म ‘धाकड’ले पहिलो दिन १.२० करोड कमाएको थियो । ‘थलाइवी’ले पहिलो दिन १.२५ करोड कमाएको थियो । तीनवटै फिल्म बक्स अफिसमा फ्लप साबित भए ।
अब ‘इमर्जेन्सी’ ले कंगनालाई हिट दिन सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ । ‘इमर्जेन्सी’ मा कंगना रनौतका अलावा अनुपम खेर (जयप्रकाश नारायण), श्रेयस तलपडे (अटल बिहारी वाजपेयी) र मिलिन्द सोमन (फिल्ड मार्शल साम मानेकशा) देखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : थपलिया
-
श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन
-
मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो
-
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
-
‘मदारीले भालु नचाएजस्तो होइन कविता’
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव