अवैध कपडा बोकेको रिक्सा र मोटरसाइकलसहित चालक पक्राउ

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा बोकेको ई रिक्सा र २ मोटरसाइकल सहित चालकलाई पक्राउ गरेको छ। गौर चन्दनिगाहपुर सडक खण्ड अन्तर्गत झुनखुनवा चोकमा चेकजाँचको क्रममा प्रहरीले भन्सार छलीको कपडा बोकेको मधेस प्रदेश ०३–००१ ह ३२०२ नम्बरको ई रिक्सासहित चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक ईशनाथ नगरपालिका २ का ३० वर्षीय शम्भु साह तेलीसहितलाई आवश्यक कारबाहीका लागि शुक्रवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। बरामद कपडा र ई रिक्साको कुल ६ लाख ८७ हजार मूल्याङ्कन गरिएको समेत प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको गस्ती टोलीले अवैध भारतीय चप्पलसहित २ थान मोटरसाइकल बरामद गरेको छ।
भारतीय बजारबाट चोर बाटो हुँदै ल्याउँदै गरेको वीआर ०५ जी ०६२७ र वीआर ०६ एजी ५३१४ नम्बरको २ मोटरसाइकल बरामद गरी कुल २ लाख ३८ हजार रुपैयाँ मूल्याङ्नकसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र यूरोपबिच अब कहिले होला ‘जिरो ट्यारिफ’ ?
-
लागूऔषधसहित पक्राउ परेका क्यानडा क्रिकेट टोलीका कप्तान जमानतमा रिहा
-
राष्ट्रपतिको ताकत घटाउन दक्षिण कोरियामा संविधान संशोधनको प्रस्ताव
-
कमजोरी लुकाउन ‘डिपफेक’ को सहारा, झनै आलोचना
-
एउटा टिकटक भिडियोले कुचीकारबाट मोडल बनिन् यी युवती
-
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु