शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेडका लिजेन्ड डेनिस लको निधन

शनिबार, ०५ माघ २०८१, ०९ : १९
शनिबार, ०५ माघ २०८१

लण्डन । स्कटल्याण्ड, म्यानचेस्टर  युनाइटेड र म्यानचेस्टर सिटीका स्ट्राइकर डेनिस लको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी बालोन डी’ओर जित्ने एक्लो स्कटिस खेलाडी थिए ।

‘द किङ्ग’ र ‘द लम्यान’ जस्ता उपनामले चर्चित डेनिसले ओल्ड ट्राफोर्डमा ११ वर्ष बिताएका थिए । वेयन रुनी र बबी चार्ल्टनपछि उनी युनाइटेडका लागि तेस्रो सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले क्लबका लागि ४०४ खेलमा २३७ गोल गरेका थिए ।

अबेर्डिनमा जन्मिएका डेनिसले हडर्सफिल्ड टाउनबाट आफ्नो व्यावसायिक फुटबल सुरु गरेका थिए । उनले इटालीमा टोरिनोबाट पनि केही समय फुटबल खेलेका थिए ।

उनले स्कटल्याण्डका लागि ५५ खेल खेल्दै ३० गोल गरे । उनी देशका लागि संयुक्त रूपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । आफ्नो करियरमा उनी तीन पटक बेलायतमा रेकर्ड रकममा बिक्री भएका थिए ।

सन् २०२१ मा उनलाई अल्जाइमर र भास्कुलर डिमेन्सिया भएको पत्ता लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप