निःशुल्क शिविरमा ५६५ जनाको आँखा परीक्षण

रौतहट । गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ।
गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परीक्षण पछि ३३८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतीबिन्दु रोग ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।
डाँक फाउन्डेसनको सहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क शिविरमा मोतीबिन्दु देखिएका बिरामीहरूलाई आइतबारदेखि पूरेनवा आँखा अस्पतालमा क्रमशः अपरेसन गरिने शिविर इन्चार्ज पाण्डेले बताए। बिरामीहरूलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।
निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले बिरामीहरूको आँखाका परीक्षण गरेको थियो।
नेत्र ज्योति सङ्घ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा