बेलायतको २३ औँ नेपाली राजदूतको रूपमा घिमिरेले सम्हाले पदभार

लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले लन्डनस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन् । शुक्रबार बिहान लन्डन आइपुगेका राजदूत घिमिरे बेलायतको २३ औँ राजदूतको रूपमा बेलायत आएका हुन् ।
राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीहरु लन्डनस्थित हिथ्रो विमानस्थल पुगेका थिए । उनका साथमा उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरे पनि बेलायत आएकी हुन् ।
१७ नोभेम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा घिमिरेलाई संयुक्त अधिराज्य (यूके) का लागि राजदूत नियुक्त गरिएको थियो । निजामती सेवामा तीन दशक बढीको अनुभव हासिल गरी सचिव पदबाट अवकाशप्राप्त घिमिरेले व्यापार, पारवहन, उद्योग र लगानीका क्षेत्रमा लामो अनुभव सँगालेका छन् । उनले यसअघि भारतको कोलकाता वाणिज्य दूतावासमा कन्सुलर जनरलको रूपमा पनि सेवा गरेका थिए ।
राजदूत घिमिरेले भूपू गोर्खाका मुद्धा समाधान र आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानमा जन्मेका घिमिरेले राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि महत्त्वपूर्ण योगदान दिए । आफ्नो करियरमा उनले नीति सुधार र कार्यान्वयन दुवैमा प्रशंसनीय काम गरेका छन् ।
नेपाल सरकारले गत वर्ष ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि तत्कालीन राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किएपछि लन्डनस्थित नेपाली दूतावास राजदूतविहीन बनेको थियो । सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त आचार्यले झन्डै अढाई वर्ष बेलायतको २२ औँ राजदूतको रूपमा काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन