टंक चौलागाईंको उपन्यास ‘रूदाने’माथि चकटी बहस
काठमाडौँ । रङ्गकर्मी तथा उपन्यासकार टंक चौलागाईंको उपन्यास ‘रूदाने’माथि परिचर्चा गराएको छ । पठन संस्कृतिको विकासका लागि काम गर्दै आएको बुकाहोलिक्सले शुक्रबार मार्टिन चौतारीको सभाकक्षमा आयोजित ९७औँ चकटी बहस कार्यक्रम अन्तर्गत ‘रूदाने’माथि बहस गराएको हो ।
किम्बदन्तीजस्ता पात्र रूपचन्द्र विष्टमाथि उपन्यास लेखिनु आफैँमा चुनौतीपूर्ण काम भएको कृतिमाथि पाठकीय टिप्पणी राख्ने क्रममा बहसकी मूल वक्ता कथाकार विना थिङले बताइन् । यद्यपि, रूदानेलाई बुझ्न यो उपन्यासले मद्दत गर्ने र कृति पठनीय भएको उनको तर्क थियो । रूपचन्द्र विष्ट (रूदाने) स्वाभिमानी मात्र नभएर सहयोगी पनि भएको उनको भनाइ थियो ।
उपन्यासको चर्चा थिङले व्यक्तिको जीवनमा आधारित उपन्यास लेख्दा लेखकलाई धेरै उडान गर्ने स्वतन्त्रता नहुने प्रस्ट पारिन् । उनले उपन्यासका कमी कमजोरी पनि केलाएकी थिइन । रूदाने पत्नीका प्रसंग उपन्यासमा कम आएको उनले उल्लेख गरेकी थिइन् । कार्यक्रममा उपस्थित केही पाठकहरूले उपन्यास हतारमा लेखिएको हो कि ! भन्ने चर्चा गर्दै भाषाका कमी कमजोरीबारे कुरा उठाएका थिए ।
उठेका सवालहरूको जवाफ दिँदै उपन्यासकार चौलागाईंले रूदानेलाई आफूले नचिने पनि उनका विषयमा उपन्यास लेख्न मन बनाएर खोजी गरेर लेखेको बताए । चकटी बहसको अब आउन लागेको १००औँ शृङ्खला केही पृथक् रूपमा गर्ने सोच रहेको बुकाहोलिक्सकी संयोजक सगुना शाहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको राजस्व सङ्कलन र खर्चको अवस्था कमजोर
-
दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव
-
म्यानचेस्टर युनाइटेडका लिजेन्ड डेनिस लको निधन
-
हालान्डले सिटीसँग गरे प्रिमियर लिगकै सबैभन्दा लामो अवधिको करार सम्झौता
-
सैफ अली खानमाथि हमला : अहिलेसम्म भेटिएन यी प्रश्नहरूको जवाफ
-
ट्रम्प र सीबिच टेलिफोन वार्ता