जर्मन बुण्डेस लिगामा डर्टमण्डमाथि फ्र्यान्कफर्टको सहज जित
शनिबार, ०५ माघ २०८१, ०६ : १७

काठमाडौं । जर्मन बुण्डेस लिगामा आइन्ट्राच्ट फ्र्यान्कफर्ट विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा फ्र्यान्कफर्टले बोरुसिया डर्टमण्डलाई २-० ले हराएको हो ।
फ्र्यान्कफर्टलाई जिताउन ह्यूगो एकिटिके र ओस्कर होजलुण्डले एक-एक गोल गरे । जितसँगै फ्र्यान्कफर्टले अंक तालिकामा थप सुधार गरेको छ । उसले एक खेल कम खेलेको बायर लिभरकुजेनमाथि दबाब बढाएको छ ।
दोस्रो स्थानमा रहेको लिभरकुजेनको ३८ अंक छ भने तेस्रो स्थानमा रहेको फ्र्यान्कफर्टको ३६ अंक भएको छ । बायर्न म्युनिख भने ४२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति