ला लिगामा इस्पानियोललाई सफलता, तत्काललाई टर्यो रेलिगेशनको खतरा
शनिबार, ०५ माघ २०८१, ०५ : ११

काठमाडौं । स्पेनिस ला लिगामा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रियाल भालाडोलिडविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो ।
जितसँगै स्पानियोलले तत्काललाई रेलिगेशनको खतरा टारेको छ । रियाल भालाडोलिड भने रेलिगेशनमा थप झोंसिएको छ । इस्पानियोललाई दुर्घटनाबाट जोगाउन जाभी पुआडो र रोबर्टो फर्नान्डीजले गोल गरे । रियाल भालाडोलिडका लागि जाभी सान्चेजले एक गोल फर्काए ।
जितेको इस्मानियोल रेलिगेशन जोनभन्दा एक स्थान माथि परेको छ भने रियाल भालाडोलिड पुछारबाट दोस्रो स्थानमा छ । ४४ अंक जोडेको एटलेटिको मड्रिड शीर्ष स्थानमा रहँदा एक अंक कम भएको रियाल मड्रिड दोस्रो स्थानमा छ । वार्सिलोनाले भने ३८ अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?