टिकटक, फेसबुकबाट लोभ्याएर रोमानिया, क्रोएशियामा रहेका नेपालीलाई पोल्याण्ड र बुल्गेरिया सिफ्ट गर्ने नाममा ठगी

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, क्रोएशिया, माल्टालगायतका मुलुक लगायतका मुलुकमा कार्यरत नेपालीहरलाई विभिन्न प्रलोभन देखाई पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेको खुल्न आएको छ ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जरुरी सूचना नै जारी गरेर यसबारे जानकारी दिएको हो । दूतावासले सार्वजनिक रुपमा जारी गरेको अति जरुरी सूचनामा सामाजिक सञ्जाल टिकटक, फेसबुकलगायत सामाजि सञ्जालहरु समेतको प्रयोग गरेर प्रलोभन बाँडएको तथा झुठा विवरण प्रचार-प्रसार गरेको पाइएको उल्लेख छ ।
दूतावासले नेपालबाट विधिवतरुपमा जुन मुलुकको लागि श्रमस्वीकृति लिएको हो सोही मुलुकमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न भन्दै सबैमा सार्वजनिक अनुरोध समेत गरेको छ ।
गैरकानूनी कार्यमा संलग्नहरुलाई सचेत गराउँदै दूतावासले यस्तो कार्यमा संलग्नहरुबारे प्रमाणसहित दूतावासमा उजुरी दिन पीडितहरुलाई सूचनामार्फतै आह्वान गरेको छ ।