अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता सर्यो, उमेर हदमा कडाई
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत १२ माघमा हुन लागेको निर्वाचनको मनोनयन दर्ता सरेको छ । माघ ५ गते अर्थात् शनिबार मनोनयन दर्ता हुने भनिएकामा प्राविधिक कारण देखाउँदै माघ ८ गतेलाई सारिएको निर्वाचन समितिले जनाएको छ ।
समितिले शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै निर्वाचन तालिका हेरफेर गएिकोबारे जानकारी दिएको हो । नयाँ तालिका अनुसार माघ ८ गते मंगलबार विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उम्मेदवारी अर्थात् मनोनयन दर्ता गर्नु पर्नेछ । उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने भनिएको छ ।
८ गते मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुने बताइएको छ । ९ गते जिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीमाथि दावी विरोधको समय तोकिएको छ भने सोही दिन ११ बजेपछि दावी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ ।
१० गते विहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । माघ १२ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिएका छन् ।
अखिल क्रान्तिकारीले उमेरहदलाई भने कडाईका साथ लागू गरेको छ । ३२ वर्ष उमेर हदका लागि २०४९ माघ ७ गतेपछि जन्ममिति भएका प्र्रतिनिधिहरुले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।
हेरौँ सूचना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार आज कुलाई कति लाभ ? हेरौँ राशिफल
-
ला लिगामा इस्पानियोललाई सफलता, तत्काललाई टर्यो रेलिगेशनको खतरा
-
अमेरिकी डलरको हालसम्मकै महँगो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
लामो समय रोकिएको आईपीओ निष्काशन सुरु, दुई कम्पनीलाई बिक्रीको अनुमति
-
माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै
-
कानूनी लफडामा फस्यो टिकटक, अमेरिकामा प्रतिबन्ध झेल्नु पर्ने