बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह

बुटवल । पूर्वगृहमन्त्री बालकृष्ण खाणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरेका हुन् ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरूलाई शुक्रबार भेटेर खाणले पूर्वाधार निर्माणमा हुने गतिरोधले स्थानीयलाई समस्या हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गरे ।
सडक योजनाका अधिकारीहरूलाई उनले भने, ‘सडक विस्तारमा कटान गर्नुपर्ने रुख र ढुङ्गा गिट्टी कहाँबाट ल्याउने भन्नेबारे यकिन गरेर काम सुरु गर्नुस् ।’
सडक योजना कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको जानकारी दिए । उनले सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको बताए । कुल ५० किमीमध्ये २५ किमीको दरले दुई भागमा विभाजन गरी काम गर्न लागिएको छ ।
सडक योजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीले ५० किमिमध्ये सहरी क्षेत्रमा फुटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान