शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदीप र दिव्याको ‘एक्टरः टेक वन’को ट्रेलर सार्वजनिक

शुक्रबार, ०४ माघ २०८१

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमसहित सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र द्वन्द्व झल्काउन खोजेको छ ।

ट्रेलरमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ । अभिनेता राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ ।

माघ १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजन भुसालले निर्देशन गरेका हुन् । फिल्ममा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण राखेको छ ।

प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको मुख्य भूमिका रहेको फिल्ममा अभिनेता कोइराला १० वर्षपछि ठुलो पर्दामा फर्किँदैछन् । दिव्याले यही फिल्मबाट आफ्नो अभिनय यात्रा थालेकी हुन् । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मसको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्म  ‘एक्टरः टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारी निर्माता रहेको फिल्ममा अनीश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको रूपमा रहेका छन् ।

फिल्मको छायांकन नरेन्द्र मैनाली, सम्पादन निमेष श्रेष्ठ, संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको छ । द्वन्द्व निर्देशन अष्ट महर्जन रहेको फिल्ममा कला निर्देशन कृष्णमान तामाङ रहेका छन् । फिल्मको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापा हुन् । फिल्मको वितरण एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया