विराटनगरमा प्रचण्डले मनिङ्वाक गर्ने, अरू कार्यक्रम के ?

विराटनगर । शुक्रबार साँझ विराटनगर आएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान ‘मनिङवाक’ गर्ने भएका छन् । प्रचण्ड शनिबार राती भने विराटनगर–१ पोखरियामा रहेको पार्टीका केन्द्रीय सदस्य जीवन आचार्यको घरमा बास बस्ने कार्यक्रम छ ।
आचार्य उनका कान्छा ज्वाई हुन् । छोरी र नातिनीसहित आएका प्रचण्डले शनिबार बिहान ६ देखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म मनिङवाक गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम सकेर प्रचण्ड विराटनगर १ मै रहेको पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा नास्ता खाने र बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै १२ः३० बजे खाना खाएर ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी