रवि लामिछाने सहित १४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले बुझायो सहाराको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएर प्रहरीले चितवनको सहारा बचतको प्रतिवेदन बुझाएको छ । सहारा बचतको अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको चितवनका* एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोग पत्र अदालतमा विचाराधीन छ । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने मागदाबी लिन राय दिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको एसपी मिश्रले जानकारी दिए ।
जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको एसपी मिश्रले जानकारी दिए ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?