गायिका मेलिना राईले गरिन् विवाह
शुक्रबार, ०४ माघ २०८१, १९ : १५

काठमाडौँ । चर्चित गायिका मेलिना राईले शुक्रबार विवाह गरेकी छन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गरेकी हुन् ।
उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको छ ।
विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए । विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको थियो ।
मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् ।
इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
विवाहको तयारी केही सातादेखि सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ