सरदरभन्दा कम वर्षा भएकाले हिउँदे बालीमा सिँचाइको व्यवस्थापन गर्न आग्रह
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि वातावरण अनुसन्धान केन्द्रले हिउँदमा सरदरभन्दा कम वर्षा भएकाले बालीमा सिँचाइको व्यवस्थापन गर्न आग्रह गरेको छ । केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत यस वर्षको हिउँदको हालसम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनु पर्ने कुल वर्षाको ६.८ प्रतिशत मात्र भएकाले सिँचाइ व्यवस्थापन गर्न आग्रह गरिएको हो । सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरूमा निरन्तर चिस्यान अनुगमन गरी सिँचाइ व्यवस्थापन गर्न केन्द्रले जनाएको छ ।
यस्तै, सो बुलेटिनमार्फत तराई, भित्री मधेस र पहाडका बेँसीहरू (७०० मिटरसम्म)का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ १, चैते २, चैते ४, चैते–५ र चैते ६ जातहरूमध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कट्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्न आग्रह गरिएको छ ।
केन्द्रको थप सुझाव:
- गहुँ रोपेको ३०–४० दिनभित्र सल्फोसल्फरन ७५ प्रतिशत डब्लु. पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्टा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कट्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस् ।
- तोरीबालीको डाँठ कुहिने रोग व्यवस्थापनको लागि क्लोरोथ्यालोनिल वा कार्बेन्डाजिमयुक्त विषादी – कार्बेन्डाजिम २ ग्राम प्रति लिटर पानीको दरले १०–१२ दिनको फरकमा २–३ पटक सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस् ।
- जाडोयाममा फलफूलका बिरुवाहरू सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको १५– २० से.मी. लामो साइजको १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १ः१ः१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस् ।
- केराको गानो कुहिने रोग देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली जरा भिज्नेगरि प्रयोग गर्नुहोस् ।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस् । रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्नेगरि ३–४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- मध्यपहाडमा माघमा गरिने आलु खेतीका लागि सिफारिस जातहरूको टुसाएको बीउ रोप्नुहोस् । जग्गा तयारीको बेलामा १००० के.जी. कम्पोष्ट, १०.९ के.जी. डि. ए.पी., ३.३ के.जी. युरिया र ५० के.जी. एम. ओ. पी. प्रति रोपनीका दरले माटोमा मिलाउनुहोस्।
- तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेंडा तथा आलुबालीमा पछौटे डढुवा रोग देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी., २.५ ग्राम वा डाइमेथोमोर्फ ५०% डब्लु. पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस् ।
- मौरी घारको नियमित निरिक्षण गरी आधार चाकाहरु साथै सुपर (तल्ला थप्ने व्यवस्था गर्नुहोस् । साथै घारको संख्या बढाउनु छ भने रानुको उपयुक्त व्यवस्था गरी मौरी गोला विभाजन गर्नुहोस् ।
- यो समयमा गर्भिणी अवस्था र दुधालु गाई, भैँसीलाई सन्तुलित आहारको साथै मिनरल मिक्स्चर पनि उपलब्ध गराउनुहोस् । साथै पशुहरूको दानामा ५–१० प्रतिशत थप अनाज राखेर शक्तिको मात्रा बढाउनुहोस् ।
- खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरूमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस् । प्रकोप बढी देखिने ठाउँमा ६–६ महिनामा दोहोर्याउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : माधवसँग नलतारिने पक्षमा वामदेव, रविविरुद्ध मुद्दा दायर गर्न अर्को प्रतिवेदन तयार
-
स्रोत नखुलेको १५ लाख ७० हजारसहित युवक पक्राउ
-
बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह
-
एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक
-
गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत
-
भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु