सहकारी ठगी प्रकरण
जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश
शुक्रबार, ०४ माघ २०८१, १८ : २२

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो ।
राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब