तस्बिर सार्वजनिक प्रकरण
रविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल धरौटीमा छुटे
शुक्रबार, ०४ माघ २०८१, १७ : २१

पोखरा । विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।
दुई दिनसम्म बहस भएपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै