विपक्षी दलको बैठक
संसद् छलेर सरकारले अध्यादेश ल्याएकोमा विपक्षी दलहरूको कडा आपत्ति
शुक्रबार, ०४ माघ २०८१, १५ : ४९

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले संसद् छलेर सरकारले अध्यादेश जारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘अध्यादेश जारी गर्ने सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ । संसद्लाई छलेर दूरगामी असर पार्नेगरी ल्याएको यो अध्यादेशको विपक्षी दलहरूको तर्फबाट भर्त्सना गर्दछौँ’, पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले भने’, ‘जनताको निरंकुश चरित्रका कारण आम जनतामा चरम निराशाजनक अवस्था छ । सरकारले भ्रष्टाचारी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ ।’
गिरिबन्धु टि–स्टेट र स्काउटमा भएका भ्रष्टाचारका फाइल बन्द हुन पुगेको वक्तव्यमार्फत प्रचण्डले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट