अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
शुक्रबार, ०४ माघ २०८१, १५ : ३५

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणका विषयमा धारणा राख्दै उनले भने,‘दिनेश त्रिपाठीमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण भएको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । पेसागत अधिकार हकलाई सुनिश्चित गरिएको छ । उपचार गरे बापत चिकित्सक, बहस गरेबापत अधिवक्ता कुटिने भए समाज कहाँ पुग्छ ? दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा निन्दनीय छ ।’
गृहमन्त्री लेखकले दिनेश त्रिपाठीमाथि आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन